stcnepal long ad
global ime bank long

एनएलजी इन्स्योरेन्सले २० औँ वार्षिक साधारण सभा पुस ३० गते

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनएनलजी इन्स्योरेन्स कम्पनीले आफ्नो २० औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले साधारण सभा पुस ३० गते आयोजना गर्ने निर्णय गरेको हो।

साधारण सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी २ अर्ब ५६ करोड ५२ लाख २४ हजार ४३२ रुपैयाँको कुल ७.३६८४ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।

जसमा ४ प्रतिशतले हुन आउने १० करोड २६ लाख ८ हजार ९७८ रुपैयाँबराबरको बोनस शेयर र ३ प्रतिशतले हुन आउने ७ करोड ६९ लाख ५६ हजार ७३३ रुपैयाँबराबरको नगद लाभांश छन्। यी दुवै लाभांशका लागि कर प्रयोजनार्थ कम्पनीले ०.३६८४ प्रतिशतले हुन आउने ९४ लाख ५० हजार ८२७ रुपैयाँ छुट्याएको छ।

बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापुँजी बढेर २ अर्ब ६६ करोड ७८ लाख ३३ हजार ४०९ रुपैयाँ पुग्ने भएकोले सोही बमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।

संशोधनका लागि नियमनकारी निकायहरुबाट कुनै रायसुझाव वा निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नु प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

साधारण सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।

लाभांश र साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस २२ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरु मात्रै यो कम्पनीको लाभांश पाउन र साधारण सभामा भाग लिन योग्य हुनेछन्। साधारण सभा काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओक ब्यांक्वेट एन्ड इभेन्ट्स सेन्टरमा दिउँसो साढे १ बजेबाट सुरु हुनेछ।

IME Lifesidebar
kumari