stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

कक्षा ११ का विद्यार्थीले बुझाएको परीक्षा शुल्क राष्ट्रिय परीक्षा बोर्डले फिर्ता गर्ने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ का विद्यार्थीले बुझाएको परीक्षा शुल्क फिर्ता गर्ने भएको छ । वार्षिक परीक्षा विद्यालय नै लिने भएपछि परीक्षार्थीले बुझाएका ६०० रुपैयाँमध्ये ४०० रुपैँया बोर्डले फिर्ता गर्ने भएको हो ।

परीक्षा सञ्चालन तयारीमा भएको खर्चबापत प्रति विद्यार्थी रु. २०० कट्टा हुने र फिर्ता रकम कक्षा १२ को परीक्षा शुल्कमा मिलान गरिने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधिमा कक्षा ११ को वार्षिक परीक्षा सम्बन्धित विद्यालयले नै सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

कार्यविधि अनुसार नोवेल कोरोना भाइरस (कोभिड–११) महामारीका कारण स्थगित कक्षा ११ को परीक्षा आगामी माघ भन्दा अगाडि लिइसक्नुपर्ने उल्लेख छ ।

बोर्डले लिने कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुन परीक्षार्थीले कक्षा ११ का हरेक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ‘डी प्लस’ र प्रयोगात्मकतर्फ ‘सी’ ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।

निर्देशिका अनुसार नियमिततर्फ कम्तीमा ७० प्रतिशत हाजिरी भएका विद्यार्थीहरूलाई मात्र विद्यालयबाट लिइने अन्तिम परीक्षामा सहभागी गराइने छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long