stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

प्राइम कमर्सियल बैंकद्वारा १८औं वार्षिकोत्सवमा देशभर ७ स्थानमा रक्तदान

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा देशभर ७ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

२०८२ असोज ७ गते बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंसहित विराटनगर, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा रक्तदान कार्यक्रम आयोजित गरिएको हो ।

उक्त कार्यक्रममा बैंकका कर्मचारी तथा शुभेच्छुक गरी जम्मा ४६३ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत संजिव मानन्धरले रक्तदाताहरु र प्राविधिकहरुलाई धन्यवाद ज्ञापन गर्दै, मानव जीवन रक्षाका लागि आवश्यक रगत संकलन गर्न पाउनु बैंकको लागि गौरवको विषय भएको बताउनुभयो ।

प्रमुख कार्यकारी अधिकृत मानन्धरले आगामी दिनमा पनि प्राइम कमर्सियल बैंकले यस्ता सामाजिक उत्तरदायित्वपूर्ण कार्यहरु निरन्तर गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

prabhu mahalaxmi
kumari