stcnepal long ad
ime life insurance
national life
global ime bank long

कानून छन् तर कार्यान्वयन छैन, निजी क्षेत्र पिडित: चन्द्रप्रसाद ढकाल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारसँग देशमा बनेका राम्रा कानून र मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेका छन्।

मंगलबार नेपाल डेरी एसोसियसनले काठमाडौंमा आयोजना गरेको ‘खीर प्रवद्र्धन कार्यक्रम’मा बोल्दै उनले यस्ता नीति तथा योजनाहरू कागजमै सीमित हुँदा त्यसको प्रत्यक्ष असर निजी क्षेत्रले व्यहोर्नु परिरहेको बताए।

अध्यक्ष ढकालले सरकारका नीति, बजेट र मौद्रिक दस्तावेजहरूमा उल्लेखित उद्देश्य र योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन नगर्दा निजी क्षेत्र निराश भएको बताए।

उनले भने, ‘सरकारले बनाएका बजेट, कानून, मौद्रिक नीतिले बोलेका कुराहरू पनि सरकारको गति अनुसार कार्यान्वयन हुन सकेको छैन। वास्तवमा कतिपय राम्रा कानूनहरू भएर पनि कार्यान्वयन नभए त्यसको असर निजी क्षेत्रले भोगिरहेको छ।’

उनले निजी क्षेत्रको अनुभवलाई ध्यानमा राख्दै सरकारसँग कार्यान्वयन पक्षमा सुधार ल्याउन आग्रह गरे। उनका अनुसार नीति निर्माण र कार्यान्वयनबीचको दूरी हटाउनु अहिलेको प्रमुख आवश्यकता हो।

कार्यक्रममा उनले डेरी उद्योगले कृषिको प्रवद्र्धनमा गरेको योगदानको सराहना गर्दै डेरीजन्य उत्पादनहरूको गुणस्तर, प्याकेजिङ र ब्रान्डिङमा अझै ध्यान दिनुपर्ने बताए। ‘डेरी उद्योगको विकाससँगै उपभोक्तामा विश्वास बढाउन ब्रान्डिङ अपरिहार्य छ’ उनले भने।

सोही कार्यक्रममा नेपाल डेरी एसोसियसनका अध्यक्ष प्रल्हाद दाहालले पनि कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउनेतर्फ सरकार र निजी क्षेत्र दुबैले ध्यान दिनुपर्ने बताए। दाहालका अनुसार देशको दिगो आर्थिक विकास कृषिमै आधारित छ।

‘म उद्योग वाणिज्य महासंघलाई अनुरोध गर्न चाहन्छु यदि देशमा कृषि क्षेत्र बलियो भएन भने यो देशको विकास सम्भव छैन’ उनले भने।

उनले खाद्य सुरक्षा सुनिश्चित गर्न तथा स्वदेशी मुद्राको बाह्य निर्भरता घटाउन कृषिमा आत्मनिर्भरता अनिवार्य रहेको बताए। साथै, उनले अदालतबाट मुद्दा जितिसकेपछि पनि विद्युत् महसुल छुट नपाएको उदाहरण दिँदै नीति तथा नियम कार्यान्वयनमा देखिएको कमजोरीप्रति गम्भीर ध्यान दिन सम्बन्धित निकायहरूलाई आग्रह गरे।

IME Lifesidebar
kumari