stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

भौतिक पूर्वाधार मन्त्रालयले गर्‍यो ३७ वटा निर्माण कम्पनीको इजाजतपत्र खारेज

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक निर्माण कार्य गर्ने प्रयोजनका लागि मन्त्रालयबाट इजाजत लिएका तर २०८१ साल चैतसम्म नविकरण नगरेका ३७ वटा कम्पनीको इजाजतपत्र खारेज गरेको छ ।

मन्त्रालयले आइतबार एक सूचना निकालेर निर्माण व्यवसाय ऐन २०५५ को दफा ५ को उपदफा ३ बमोजिम नविकरण नगर्ने ३७ कम्पनीको इजाजतपत्र खारेज भएको जानकारी दिएको हो ।

इजाजत्रपत्र खारेज भएका निर्माण कम्पनीहरुमा गणपति ग्रुप अफ कन्स्ट्रक्सन्, भ्याली स्टार विल्डर्स, गिरी कन्ट्रक्सन, डिलक्स् द व्रेभ वरियर अफ कन्स्ट्रसन लगायत छन् ।

यस्तै, पारिजात निर्माण सेवा, इन्टरनेशनल इन्फ्रा विल्डर्स, आर. एम. वी. इन्जिनियर्स एण्ड विल्डर्स, शरदराज कोलाक्षपति कन्स्ट्रक्सन लगायतका निर्माण कम्पनीको पनि इजाजतपत्र खारेज भएको छ ।

prabhu mahalaxmi
kumari