citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

चेम्बरले आइटी उद्योग विस्तार गर्न लगानी सहजीकरण गर्ने

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सले सूचना प्रविधि (आइटी) उद्योग विस्तार गर्न लगानी सहजीकरण गर्ने भएको छ ।

सरकारले अध्यादेश मार्फत लगानी सहजीकरण गरेपछि चेम्बरले पनि आइटी उद्योगमा लगानी एवं अन्तर्राष्ट्रिय बजारमा सहजीकरण गर्ने गरी रणनीतिक लक्ष्य तय गरेको हो ।

आइटी, सफ्टवेयर एन्ड टेक्नोलोजी समिति मार्फत चेम्बरले आइटी उद्योगमा लगानी खोजी एवं उद्यमशीलता विकासका लागि पहल गर्ने जनाएको हो । चेम्बरले यसका लागि आइटी उद्यमीहरूसँग एक चरण छलफल समेत गरिसकेको छ ।

चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले नेपालमा आर्थिक विकास र समृद्धिका लागि आइटी उद्योगको सम्भावना उच्च भएकाले लगानीका लागि सहजीकरण गर्न लागिएको बताए ।

‘नेपालमा विदेशी मुद्रा आर्जन गर्ने महत्त्वपूर्ण स्रोत अब आइटी उद्योग हो, सरकारले पनि आगामी एक दशकमा वार्षिक ३० खर्ब भित्र्याउने लक्ष्यसहित कार्ययोजना तय गरेको छ,’ अग्रवालले भने, ‘आइटी उद्योगको विकासका लागि लगानी जुटाउनेदेखि अन्तर्राष्ट्रिय बजारमा चेम्बरले सहजीकरण गर्ने छ ।’

सर्वसाधारणको लगानी जुटाएर आइटी उद्योग स्थापना गर्न सकिने अध्यक्ष अग्रवालको भनाइ छ । अन्तर्राष्ट्रिय आइटी उद्योगका लागि नेपालको जनशक्ति तुलनात्मक रूपमा केही सस्तो पर्न जाने भएकाले पनि उपयुक्त अवसर खोजी गरिनुपर्ने उनको भनाइ छ ।

नेपाली युवालाई आइटी उद्योगमा सहभागी गराउन नीतिगत सहजीकरण गर्न चेम्बरले भूमिका निर्वाह गर्नेसमेत अग्रवालले बताए ।

gold
himalayan life insurance long ad