बबरमहल क्षेत्रमा टेलिकमको फाइबर इन्टरनेट सेवा अवरुद्ध

काठमाडौं । काठमाडौंको बबरमहल क्षेत्रमा नेपाल टेलिकमको फाइबर इन्टरनेट सेवा अवरुद्ध भएको छ । टेलिकमले शुक्रबार साँझ सूचना जारी गर्दै सेवा अवरुद्ध भएको जानकारी दिएको हो ।
‘नेपाल विद्युत् प्राधिकरणको अन्डरग्राउन्ड एचडीडी कार्य गर्ने क्रममा फाइबर इन्टरनेट सेवा पूर्ण रूपमा क्षति भई करिब एक हजार ग्राहकको सेवा अवरुद्ध भएको छ ।
यसबाट ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी छ,’ टेलिकमले जारी गरेको सूचनामा भनिएको छ । सो क्षेत्रमा मर्मत कार्य भइरहेकाले चाँडो सेवा सुचारु गरिने टेलिकमले जनाइएको छ ।