नेपालमा खरिद प्रक्रिया डिजिटल बनाउन टिओआर नेपाल सञ्चालन
काठमाण्डौ । नेपालमा खरिद प्रक्रिया डिजिटल बनाउन टिओआर नेपाल डटकम पोर्टल सञ्चालन ल्याइएको छ ।
नेपालका एनजिओ, आइएनजिओ, सार्वजनिक र निजी संस्थाहरूको खरिद प्रक्रियामा सहजता ल्याउन टिओआरनेपाल डटकम नामक डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याइएको हो ।
यस प्लेटफर्म मार्फत खरिद प्रक्रियालाई डिजिटल र पारदर्शी बनाउँदै समय र स्रोत बचत गर्ने लक्ष्य राखिएको छ ।
यस प्रकारका सूचनाहरू हालसम्म केही रोजगार सम्बन्धी वेबसाइटहरू वा पत्रपत्रिकामा मात्र प्रकाशन हुँदै आइरहेका थिए अब सम्पूर्ण खरिद सम्बन्धी सूचना र सेव प्रवाह दिने गरी यस पोर्टल सञ्चालनमा ल्याइएको छ ।
विशेषत् एनजिओ, आइएनजिओ, बैंकिङ र वित्तीय संस्थाका र निजी संस्थाहरूलाई टेन्डर, TOR, RFP, प्रस्तावका लागि आह्वान, लिलामी, र विशेषज्ञहरूको सूची (रोस्टर) तयार गर्न, आवेदन सङ्कलन गर्न, मूल्याङ्कन गर्न, र सम्झौता गर्न दिने प्रक्रियालाई सहज बनाउने सुविधा यस पोर्टलमा रहेको छ ।