citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

आजदेखि कानुन व्यवसायी महिलाको राष्ट्रिय सम्मेलन 

kumari bank
Prabhu Insurance Long Ad
global bank

विराटनगर । कानुन व्यवसायी महिलाहरुको ३१औँ राष्ट्रिय सम्मेलन विराटनगरमा आज शनिबार सुरु हुँदैछ । सम्मेलनमा एक हजारभन्दा बढी कानुन व्यवसायी महिला सहभागी हुने भएका छन् ।

नेपाल बार एशोसिएसन, महिला समितिको आयोजनामा शनिबार र आइतबार विराटनगरको बरगाछी नजिक होटल मनास्लु इनमा सम्मेलन हुने भएको हो ।

सम्मेलनका लागि ‘महिलाको समानुपातिक, समावेश सहभागिता, न्यायको पहुँचमा सुनिश्चितता’ मूूल नारा तय गरिएको छ ।

नेपाल बार एशोसिएशनले विराटनगरमा पत्रकार सम्मेलन गरी राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको जनाएको छ । सम्मेलनमा भाग लिन ७७ वटै जिल्ला बार, सबै उच्च बार, सर्वोच्च बारसहित देशभरका एक हजारभन्दा बढी कानुन व्यवसायीहरु विराटनगर आइसकेका छन् ।

सम्मेलनमा महिलाको समानुपातिक सहभागीता, अवसर र चुनौती, कानुन व्यवसायी महिलाको पेशागत अवस्था, चुनौती र आर्थिक सवलीकरण, लैगिंक तथा यौनजन्य हिंसा पीडितको न्यायमा पहुँचको अवस्था, पुनःस्थापना, निःशुल्क कानुनी सेवाको बिषयमा छलफल हुने जनाइएको छ ।

यसैगरी, न्यायिक समितिको क्षेत्राधिकार तथा मेलमिलाप, विवाद समाधानका चुनौतीहरु, वातावरण परिवर्तनको प्रभावले महिलामा पार्ने असरहरू, वित्तीय क्षेत्रमा रहेका सम्भावना र चुनौती, प्रजनन स्वास्थ्य अधिकार र सूचना तथा प्रविधिमा महिलाको पहुँचका बिषयमा छलफल हुनेछ ।

gold
himalayan life insurance long ad