stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

रोटरी क्लब अफ बागमती काठमाडौंले सेतो छटी वितरण

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । रोटरी क्लब अफ बागमती काठमाडौंले दृष्टि बिहीनहरुको संस्था उज्ज्वल नक्षत्र समाज (boright Star Society ) लाई करिब ८० हजार बराबरको १०० थान सेतो छटी वितरण तथा हस्तान्तरण गरियो ।

यस वर्षको विश्व अपाङता दिवस, ३ डिसेम्वर २०२४का दिन काठमाडौंको थापाथली स्थित Health academy मा आयोजना गरिएको एक समारोहमा क्लबका अध्यक्ष रोटरीयण माणिक रत्न शाक्यले उक्त छटी समाजका अध्यक्ष बासुदेब अधिकारीलाई हस्तान्तरण गर्नु भएको थियो ।

सो अवसरमा अध्यक्ष शाक्यले रोटरी तथा रोटरीको उद्देश्यको जानकारीको साथै दृष्टि हस्तान्तरणको यो कार्यक्रम कसरी सम्पन्न हून सक्योे भन्ने बारेमा पनि जानकारी दिनू भएका्े थियो । साथै उहाँले समारोहमा उपस्थित हूनू भएका दृष्टिबिहीनहरुलाई पनि सेतो छटी वितरण गर्नु भएको थियो ।

हस्तान्तरित सेतो छटी ग्रहण गर्नु हूंदै समाजका अध्यक्ष बासुदेव अधिकारी, जो आफै पनि एक दृष्टि बिहीन हूनू हून्छ, ले यस किसिमको सहयोगको लागि धन्यबाद दिनू भयो भने यस सहयोगले विभिन्न जिल्लाहरुबाट भइरहेको सेतो छटीको मागलाई सम्बोधन गर्न यस समाजलाई सहज हुने जानकारी समेत दिनू भयो ।

उक्त समरोहमा रोटरी क्लब अफ बागमती काठमाडौं तथा उज्ज्वल नक्षत्र समाजका विभिन्न पदाधिकारीहरु पनि उपस्थित हुनु हून्थ्यो ।

 

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long