citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

पेट्रोलियम पदार्थमा लगाइएको हरित करबापत ८० करोड रुपियाँ सङ्कलन

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । पेट्रोलियम पदार्थमा लगाइएको हरित कर बापत ८० करोड रुपियाँ सङ्कलन भएको छ ।चालु आर्थिक वर्ष २०८१/८२ को बजेट मार्फत डिजेल र पेट्रोल प्रति लिटरमा एकरएक रुपियाँका दरले हरित कर सङ्कलन गर्ने घोषणा गरिएको थियो ।

सो अनुसार पेट्रोलियम पदार्थ आयात हुने भन्सार नाकामा प्रत्येक महिना कर सङ्कलन हुने गरेको नेपाल आयल निगमले जनाएको छ ।

गत जेठ १५ गतेदेखि नै भन्सार विन्दुमा हरित कर सङ्कलन हुँदै आएको छ । साढे पाँच महिनाको अवधिमा ८० करोड रुपियाँ करबापत सङ्कलन भएको निगमले जनाएको छ ।

निगमका प्रवक्ता पूर्णप्रसाद रिजालले महिना १५ करोडदेखि २० करोड रुपियाँसम्म हरित कर बापतको रकम सङ्कलन हुने गरेको जानकारी दिनुभयो । डिजेल र पेट्रोल आयात गरेबापत सङ्कलन गरिएको हरित कर सिधै सरकारको खातामा जम्मा हुने गरेको छ ।

हरित कर बापत वार्षिक दुई अर्ब ४० करोड रुपियाँ सङ्कलन हुने निगमले जनाएको छ । निगमले विभिन्न शीर्षकमा उपभोक्ताबाट कर सङ्कलन गर्दै आएको छ ।

जस अन्तर्गत डिजेल पेट्रोलबाट पूर्वाधार कर, सडक मर्मत दस्तुर, वातावरण शुल्कलगायतका अन्य शीर्षकमा उपभोक्ताबाट रकम असुल्ने गरिन्छ । इन्धनमा लगाएको उच्च करका कारण उपभोक्तालाई पेट्रोलियम पदार्थ महँगो पर्ने गर्छ ।

सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत पेट्रोलियम पदार्थ, कोइला लगायतका सामग्रीमा हरित कर लगाएको छ । जैविक इन्धनको प्रयोगलाई न्यूनीकरण गर्ने लक्ष्यका साथ हरित कर लगाउने घोषणा गरिएको थियो ।

कार्बन उत्सर्जन घटाउने अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरूप पेट्रोलियम पदार्थ र कोइलाको पैठारीमा हरित करको व्यवस्था गरिएको हो ।

हरित अर्थतन्त्र प्रवर्धन गर्ने एउटा माध्यमका रूपमा हरित करलाई लिने गरिन्छ । हरित करलाई सामान्यतः वातावरणीय करका रूपमा बुझिन्छ । वातावरणलाई प्रदूषित पार्ने वा असर पार्ने क्रियाकलापसँग केन्द्रित रहेर यो कर लगाइने गरिन्छ ।

gold
himalayan life insurance long ad