stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सुनको अक्षरले लेखिएको धार्मिक ग्रन्थको पानाहरू भन्दै विक्रि गर्न खोज्ने पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय अपराध महाशाखाको संयुक्त टोलिले असार २४ गते अन्दाजी १५.३० बजेको समयमा चन्द्रागिरि न.पा. वडा नं. १५ ढुंङ्गेअड्डा स्थितमा केही मानिसहरुले लामा भाषामा लिखित पुरानो बुद्ध धर्म ग्रन्थको खरिद बिक्रि गर्न मोलमोलाई गरिरहेको अवस्थामा निम्न ६ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिएको छ ।

निजहरु मध्ये जनक गिरीको साथबाट तिव्वेतीयन लिपिमा सुनौलो अक्षरले लेखिएको बुद्ध धर्मको ग्रन्थ पाना १६ बरामद भएको, निजहरू उक्त पानाहरू मुल्य रु ५,००,००,०००।- (पाँच करोड रुपैँया) मा खरिद विक्रिको लागि मोलमोलाई गरिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरूमा जिल्ला खोटाङ दिक्तेल न.पा वडा नं. ४ घर हुने गेहेन्द्र सिंह आत्रय, जिल्ला काभ्रे पाँचखाल न.पा वडा नं. ३ घर हुने  जनक गिरी,जिल्ला ओखलढुंगा मानेभन्ज्याङ गा.पा वडा नं. १ घर हुने सुबास कुमार बस्नेत, जिल्ला ओखलढुंगा सुनकोशी गा.पा वडा नं. २ घर हुने  हरि बहादुर लामिछाने, । जिल्ला काठमाडौँ तारकेश्वर न.पा वडा नं. ११ घर हुने  राजेन्द्र बहादुर जोशी र जिल्ला नुवाकोट ककनी गा.पा वडा नं. ८ घर हुने रोशन तामाङ रहेका छन । निजहरूलाई प्राचीन स्मारक संरक्षण ऐन २०१३ बमोजिम आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ ।

prabhu mahalaxmi
kumari