stcnepal long ad
ime life insurance
national life
global ime bank long

हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाली सैनिक वार कलेजमा २०८० फाल्गुण १८ गतेबाट सञ्चालन भएको सि.सं.१२ हायर कमाण्ड तथा म्यानेजमेन्ट (Higher Command and Management Course) तालिमको आज आषाढ ११ गते प्रधान सेनापति महारथी प्रभुराम शर्माले एक कार्यक्रमका बिच समापन गर्नु भएको छ ।

समापन कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रधान सेनापति महारथी शर्माले सफलतापूर्वक तालिम सम्पन्न गर्नु भएकोमा सम्पूर्ण शिक्षार्थी अधिकृतहरूलाई बधाई दिनु भयो ।

उहाँले राष्ट्रको भू(रणनैतिक अवस्थिति, भूमण्डलीकरण र अन्य विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारक तत्त्वहरूका कारण विकसित समसामयिक जटिल सुरक्षा वातावरणमा आफूलाई प्राप्त सैनिक जिम्मेवारी पेसेवर ढङ्गबाट सम्पन्न गर्नको लागि उच्च तहका सैनिक कमाण्डर तथा स्टाफहरूलाई आवश्यक पर्ने विशिष्ट ज्ञान (Knowledge), सीप(Skills) र मनोवृत्ति (Attitude) को विकास गर्न यस तालिमको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

सम्बोधनकै क्रममा प्रधान सेनापतिले संस्थाको बृहत्तर हितका अगाडी व्यक्ति सदैव गौण हुने हुँदा संसारभरका सेनामा स्थापित मान्यता Chain of Command अनुरूप एक ढिक्का भई राष्ट्रिय स्वार्थ अनुरूप कार्य गर्न निर्देशन दिनुभयो ।

त्यसै गरी प्रधान सेनापतिले भविष्यमा विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाली सेनाको प्रतिनिधित्व गरी सङ्गठनको व्यावसायिक क्षमता र विश्वव्यापी छविलाई कायम राख्दै आफूलाई प्राप्त जिम्मेवारी प्रभावकारी रूपमा सम्पादन गर्नरगराउन शिक्षार्थी अधिकृतहरूलाई निर्देशन दिनुभयो ।

बलाधिकृत रथी अशोकराज सिग्देल, रथीबृन्द तथा अधिकृत लगायत शिक्षार्थी अधिकृतहरुका परिवारजनको उपस्थिति रहेको समापन कार्यक्रममा तालिम प्रमुख शिक्षक उपरथी श्री सागर बहादुर थापाले स्वागत मन्तव्य राख्नु हुँदै तालिमको बारेमा जानकारी गराउनु भएको थियो ।

प्राविधिक तथा विविध सेवाका ८ जना र साधारण सेवाका २७ जना गरी जम्मा ३५ जना (महिला–३ र पुरुष–३२) महासेनानी दर्जाका शिक्षार्थीहरूको यस तालिममा सहभागिता रहेको थियो ।

महासेनानी सुरज लामिछाने समग्रमा तालिममा प्रथम (Best Student Officer) हुनुका साथै उहाँले Best Academic Writing Award समेत प्राप्त गर्नु भएको छ । त्यस्तै गरी महासेनानी खेमराज शर्मा व्यक्तिगत शोधपत्र (Individual Research Paper) मा प्रथम हुनु भएको छ ।

नेपाली सेनामा सैनिक अधिकृतहरुका लागि सञ्चालन हुने सबैभन्दा उच्चस्तरको यस तालिम वि.सं. २०७१ सालदेखि सञ्चालन हुँदै आएको छ ।

 

prabhu mahalaxmi
kumari