stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

दूधको भुक्तानी माग्दै दुग्ध विकास संस्थान घेराउ

वक्यौता रकम तत्काल उपलब्ध गराउन सांसद सिंहको आग्रह

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । दूधको भुक्तानी माग गर्दै दुग्ध किसानहरुले बुधबार दुग्ध विकास संस्थान घेराउ गरेका छन् । दुग्ध उत्पादक कृषकहरुले दुग्ध विकास संस्थानलगायत निजी डेरीहरुबाट लामो समयदेखि दूधको भुक्तानी पाउन बाँकी रहेको भन्दै भुक्तानी दिन माग गरेका छन् ।

बिरोध प्रदर्शनका क्रममा तीन दर्जन जति किसानहरुलाई प्रहरीले पक्राउ गरेको छ । भुक्तानीलगायत विभिन्न माग सहित पटक पटक गरेको सम्झौता र सहमती समेत कार्यान्वयन नभएको उनीहरुको आरोप छ ।

दुग्ध किसानले दुग्ध संस्थान घेराउ गरे लगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का सांसद दीपकबहादुर सिंहले दुग्ध किसानहरुको वक्यौता रकम तत्काल भुक्तानी गर्न सरकारसँग माग गरे ।

रकम माग गर्दे संस्थान घेराउ गर्न गएका किसानलाई प्रहरीले नियन्त्रणमा लिएकोमा उनले आपत्ति जनाए । पक्राउ परेका किसानलाई तत्काल रिहा गर्न पनि उनले प्रतिनिधि सभा बैठकको युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा आग्रह गरे ।

उनले मन्त्रालयको बजेट न्युन रहेको भन्दै आपत्ति जनाए । मुलुकलाई चिनाउने भरपर्दो माध्याम खेलकुद भए पनि सरकारले त्यसका लागि विनियोजन गरेको बजेट नगन्य मात्रामा भएको सांसद सिंहको गुनासो थियो ।

उनले भने,‘सर्वप्रथम त म दुग्ध किसानहरुलाई सरकारले दमन गरेर, पक्राउ गरेर राखेको छ । उनीहरुलाई तुरुन्त रिहा गरी उनीहरुको बाँकी रकम चाँडो उपलब्ध गराई दिनका लागि सरकारलाई अनुरोध गर्दछु ।’

सरकारले खेलकुद मन्त्रालयलाई विनियोजना गरेको बजेट नगन्य रहेको भन्दै खेलकुद क्षेत्रको विकासका लागि बजेट बढाउनु पर्नेमा उनले जोड दिए ।

prabhu mahalaxmi
kumari