citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

पहाडी भेगमा आंशिक बदली, केही स्थानमा मेघगर्जनसहितको वर्षा

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

कोशी प्रदेशको थोरै तथा बागमती, गण्डकी लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

आज राती कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहि देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालको मौसममा अहिले पश्चिमी वायु र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १६ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३१ डिग्री सम्म पुग्ने अनुमान गरिएको छ ।

 

gold
himalayan life insurance long ad
kumari bank