sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

खेलकुद क्षेत्रमा महिला सहभागितालाई बढाइने, रंगशाला निर्माणलाई तीव्रता

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। सरकारले खेलकुद क्षेत्रमा महिला सहभागितालाई बढाउने भएको छ। संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममा महिला सहभागितालाई खेल क्षेत्रमा बढाइने उल्लेख छ।

त्यसैगरी काठमाडौंको मूलपानी, मोरङको विराटनगर र कैलालीको फाप्ला क्रिकेट रंगशाला निर्माणलाई समेत तीव्रता दिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्तरोन्नतिसहित थप निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने सरकारको कार्यक्रममा उल्लेख छ।

त्यस्तै चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण संघ, प्रदेश र स्थानीयतहको साझेदारीमा अघि बढानुका साथै खेलकुद पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखिने सरकारको योजना रहेको छ।

आगामी आर्थिक वर्षमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गरिने, अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालको सहभागिता बढाइने, आधुनिक प्रविधियुक्त ई–स्पोर्टसको अन्तर्राष्ट्रय प्रतियोगिता आयोजना गरिने तथा नेपालको मौलिक एवम् परम्परागत खेलहरूको प्रवर्द्धन गर्ने सरकारको प्रतिबद्धता छ।

सरकारको नीति तथा कार्यक्रममा प्रतिभावान खेलाडीको खोजी गर्न राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गरिने विद्यालयस्तरका शिक्षक र विद्यार्थीलाई खेलकुद तालिम दिइने तथा बालबालिकाको उमेरगत खेलकुद प्रतियोगिता सञ्चालन गरिने बताइएको छ।

खेलाडीको सम्मान र वृत्ति विकासका लागि विशेष कार्यक्रम कार्यान्वयन गरिनुका साथै अन्तर्राष्ट्रियस्तरको खेलुकद प्रतियोगितामा विजयी खेलाडीलाई पुरस्कृत एवम् सम्मान गर्ने, जीवन निर्वाह भत्ताको व्यवस्था गरी उनीहरूको मनोबल उच्च राखिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।

gold
prabhu bank
nawakantipur long