stcnepal long ad
himalayan life insurance long ad

राष्ट्रिय परीक्षा बोर्डको उत्तर पुस्तिकासहित ४ जना पक्राउ

थप अनुसन्धान हुँदै

Nimb long ad
Prabhu Insurance Long Ad

राष्ट्रिय परीक्षा बोर्डको उत्तर पुस्तिकासहित ४ जना पक्राउ, थप अनुसन्धान हुँदै
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको उत्तर पुस्तिकासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँ सूचना अधिकारी (एसपी) नवराज अधिकारीका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–६ सरस्वतीनगर कपन बस्ने ३८ वर्षीय माधव त्रिपाठी, दक्षिणकाली नगरपालिका–८ बस्ने १९ वर्षीय सविन पौडेल, कागेश्वर महनरा बस्ने २० वर्षीय सितेशकुमार यादव र काठमाडौँ थली बस्ने २३ वर्षीय रोशन रानाभाट छन् ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो । वैशाख २६ गते बिहान चलेको कक्षा १२ को कम्प्युटर साइन्सको प्रश्न पत्र आउट गरेको आरोप छ ।

प्रश्न पत्र आउट गरी काठमाडौँ महानगरपालिका–६ स्थित वेलकम पार्टी प्यालेसको हलमा राष्ट्रिय परीक्षा बोर्डबाट जारी भएको मूल उत्तर पुस्तिकामा उत्तर हल गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।