citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

इन्टेग्रिटी आइकन नेपाल २०२४ को मनोनयन खुला

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । हरेक वर्ष सरकारी सेवामा कार्यरत ईमान्दार कर्मचारीहरूलाई सम्मान गर्ने कार्यक्रम, इन्टेग्रिटी आइकन नेपाल २०२४ का लागि मनोनयन खुला गरेको छ ।

एकाउन्टबिलिटी ल्याब नेपालले आयोजना गर्दै आएको यो कार्यक्रममा आम सेवाग्राहीले आफूलाई चित्त बुझेको कर्मचारीलाई इन्टेग्रिटी आइकन नेपाल २०२४ का लागि मनोनयन गर्न सक्नेछन् ।

यस वर्षका लागि मनोनयन गर्ने अन्तिम मिति २०८१ साल वैशाख १८ गते सम्मलाई तोकिएको छ । इन्टेग्रिटी आइकनको वेबसाइटबाट अनलाइन फारम भरेर सरकारी सेवामा कार्यरत ईमान्दार कर्मचारीलाई  सम्मानका  लागि मनोनयन गर्न सकिने छ एकाउन्टबिलिटी ल्याब नेपालले जनाएको छ ।

साथै ल्याबको फेसबुक पेज, इन्स्टाग्राम, एक्स बाट फारमको लिङ्कमा गएर पनि अनलाइन फारम भर्न सकिने छ । इन्टेग्रिटी आइकन नेपालबाट हरेक वर्ष पाँच जना इमान्दार कर्मचारीलाई सम्मान गर्दै आइएको छ ।

himalayan life insurance
igi long