citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

माओवादी उपाध्यक्ष महरा नर्भिक अस्पताल भर्ना

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा नर्भिक अस्पताल भर्ना भएका छन् ।

महरालाई आज कपिलवस्तुको धकधईस्थित माओवादी नेता वकिल मुसलमानको घरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो भने आजै दिउँसो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यती एयरको फ्लाइटमार्फत काठमाडौं ल्याइएको थियो ।

जिल्ला अदालत काठमाडौंले उनी बिरामी रहेको भन्दै अस्पताल भर्ना गराउन आदेश दिएपछि नर्भिक अस्पताल लगिएको हो ।

सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदनमा महरालाई कारवाहीका लागि मुद्दा चलाउन सिफारिस गरिएको छ । सोही बमोजिम सिआईबीको टोलीले महरालाई निगरानीमा राखेको थियो ।

महराका छोरा राहुल महरा पनि भेपमा लुकाएर सुन तस्करी गर्ने समूहसँग मिलेर संगठित तस्करी गरेको आरोपमा थुनामा रहेका छन् ।

himalayan life insurance
igi long