हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा हिमालयन एभरेष्ट इन्स्योरेन्सको खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यस अवधिमा खुद नाफा ६३.७३ प्रतिशतले बढेर १८ करोड ४३ लाख ४९ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यसै अवधिमा यसले ११ करोड २५ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद बिमा शुल्क आर्जन २७.५२ प्रतिशतले बढेर ४६ करोड ९९ लाख १८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३६ करोड ६४ लाख ९९ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
कर्जा लगानीबाट हुने आम्दानी २.९१ प्रतिशतले बढेर १८ करोड १३ लाख ६६ हजार रुपैयाँ पुगेको छ भने कमिसन आम्दानी १३.१३ प्रतिशतले घटेर १५ करोड १६ लाख १५ हजार रुपैयाँमा सीमित भएको छ ।
पुस मसान्तसम्म आइपुग्दा हिमालयन एभरेष्टको चुक्ता पुँजी २ अर्ब ३० करोड १५ लाख ३५ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ २४ पैसाले बढेर १६ रुपैयाँ ०२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ ८५ पैसा छ ।