citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

प्रहरीले युरोप पठाउने भन्दै ६ सयभन्दा धेरै सर्वसाधारणबाट करौडौं रकम ठगी गर्ने एक जनालाई पक्राउ

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । प्रहरीले युरोप पठाउने भन्दै ६ सयभन्दा धेरै सर्वसाधारणबाट करौडौं रकम ठगी गर्ने एक जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार पत्रकार सम्मेलन गर्दै ललितपुर कोन्जोसोम घर भइ हाल ललितपुरको इमाडोल बस्ने ३२ वर्षीय विकास वाईवा भन्ने सुजन तामाङलाई पक्राउ गरि सार्वजनिक गरेको हो।

तामाङले काठमाडौँको बालाजु चोकस्थितमा यूरो विङ्स एजुकेसन कन्सल्टेन्सी संचालन गरी माल्टा, पोल्याण्ड, क्यानडा र क्रोसिया लगाएतका देशहरुमा पठाईदिन्छु भनि ६ सय भन्दा धेरै सर्वसाधारण व्यक्तिहरुबाट करौडौं रकम ठगी गरेको डीएसपी अनिल घिमिरेले जानकारी दिए।

वैदेशिक रोजगार विभागका अनुसार हालसम्म ७० जनाको मुद्दा दर्ता भइ ३ करोड २५ लाख २२ हजार रुपैयाँ बिगो देखिएको र अन्य मुद्दा दर्ताका क्रममा रहेको प्रहरीले जनाएको छ।

उनले ठगी गरेको रकमबाट ४ करोड व्यक्तिगत ऋण तिरेको, राप्ती मेनपावर बसुन्धारामा ५० लाख लगानी गरेको, ३५ लाखको हुण्डाई क्रेटा गाडी खरिद गरेको अनुसन्धानबाट खुलेको घिमिरेले बताए।

gold
himalayan life insurance long ad