citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

अनलाइन ठगी गरी रकमान्तर भएका खाताहरूको व्यवस्थापन गर्ने व्यक्ति पक्राउ

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । अनलाइन ठगी गरी रकमान्तर भएका खाताहरूको व्यवस्थापन गर्ने गरेको अभियोगमा सप्तरी राजविराज नगरपालिका–१० डुम्री ठेगाना भएका २६ वर्षीय डम्बर साहलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पाँचथर फिदिमको समन्वयमा पाँचथर फिदिम नगरपालिका(१ अस्पताल चोकबाट पक्राउ गरेको हो ।
साहले ह्वाटस् एप, फेसबुक, इमो जस्ता समाजिक सञ्जालहरूमा विभिन्न व्यक्तिलाई पार्सल पठाईदिन्छु भनि ठगी गर्ने गरेको, पिडकहरूले साहले संचालन गरेको UDGAM VENTURE CAPITAL, PROFIST GROUP & DAMBAR SHAH को व्यक्तिगत खातामा विभिन्न layer मा रकम पठाउने गरेको तथा उक्त रकमहरू पिडकले खोजेको बखतमा ( Cash, Crypto, Bank transfer, intreset) समेत उपलब्ध गराउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

साह विरूद्ध ३४ जनाको उजुरी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

gold
himalayan life insurance long ad