macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

बिदा सुरु भएसँगै बढ्यो तिहार मनाउन घर जानेहरुको चहलपहल

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । तिहार मनाउन घर जानेहरुको आज बिहानैदेखि चहलपहल बढेको छ । नयाँ बसपार्क, कोटेश्वर, बल्खु, कलंकी लगायतका स्थानमा आज बिहानैदेखि जन्मथलो फर्कनेहरुको भिडभाड थियो ।

धेरैजसो शिक्षण संस्थाहरु दसैँदेखि तिहार सम्म नै बन्द भएकाले दसैँअघि घर गएका विद्यार्थीहरु अझैं काठमाण्डौ फर्केकै छैनन् ।

तर विभिन्न कामको सिलसिलामा राजधानीमा बस्दै आएकाहरु तिहार मनाउन घर जाने भएपछि एकाबिहानैदेखि चहलपहल बढेको हो ।

यात्रुहरु घर जान निस्किएपछि उपत्यकाका सडकमा सार्वजनिक यातायातका साधनहरु पनि तुलनात्मक रुपले आज बिहान बढी चलेका देखिन्थे ।

हिजो साँझदेखि नै घर जानेहरुको संख्या बढेको थियो । आज शनिबार र भोलिदेखि तिहारको बिदा परेको छ ।

यसैगरी आगामी शुक्रबार एकदिन बाहेक मंसिर २ गते सम्म सार्वजनिक बिदा परेको छ । मंसिर ३ गतेदेखि मात्र नियमित रुपमा कार्यालयहरु खुल्ने भएपछि यसपटक घर जानेहरुलाई पनि लामो छुट्टी मिलेको छ ।

२५ कात्तिक २०८०, शनिवार ०७:५३ बजे प्रकाशित

NTA long ad