citizens life insurance long ad
stcnepal long ad

नेपाल प्रहरीका पाँच अधिकारी प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल प्रहरीका पाँच प्रहरी उपरीक्षक ९एसपी० लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।

गृह मन्त्रालय बढुवा समितिको आज बसेको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको पाँच एसपीलाई एसएसपी पदमा बढुवाका लागि सिफारिस गरेको हो।

बढुवा सिफारिस हुनेमा वसन्त रजौरे, रबि कुमार पौडेल, नबिनराज राई, बीर बहादुर ओली र चन्द्रदेव राई रहेका छन् ।

बढुवा समितिले प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले जानकारी दिएका छन् ।

 

IME Life
kumari