citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

नक्कली जग्गाधनी खडा गरेर जग्गा हडप्ने भारतीय नागरिकविरुद्ध भ्रष्टाचार मुद्दा

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । हदबन्दीबाट सरकारको नाममा आउनुपर्ने जग्गा मालपोतका कर्मचारीलाई प्रलोभनमा पारी आफ्नो नाममा ल्याएर बिक्री गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक भारतीय नागरिक विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका अनुसार भारतीय नागरिक अनुप मेहराले हदबन्दीभन्दा बढी भएको जग्गा ३ जना नक्कली जग्गाधनी खडा गरी उनीहरुको नाममा नामसारी गरेको र उनीहरुको मृत्यु भएको देखाएर आफ्नो नाममा ल्याएका थिए ।

उनले भूमिसुधार कार्यालय नवलपरासीका तत्कालीन भूमिसुधार अधिकारीलाई प्रलोभनमा पारी मिलेमतो गरी गलत कागजातका आधारमा सरकारका नाममा जानुपर्ने जग्गा आफ्नो नाममा ल्याएको र बिक्री गरेको अख्तियारको भनाइ छ ।

अख्तियारले उक्त जग्गाको मूल्य ५ करोड ५ लाख रुपैयाँ बिगो कायम गरी उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

gold
himalayan life insurance long ad
kumari bank