stcnepal long ad
global ime bank long

रोमानियाको बुकारेष्टमा २०८० मंसीर ८ देखि १० गतेसम्म नेपाली हस्तकला मेला हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं।  हस्तकलाको नयाँ बजार खोजि गरि निर्यात प्रवर्द्वन गर्ने क्रममा नेपाल हस्तकला महासंघले पुर्वी युरोपियन राष्ट्र रोमानियाको राजधानी बुकारेष्टमा यही सन २०२३ को नोभेम्बर २४ देखि २६ अर्थात २०८० मंसीर ८ देखि १० गतेसम्म तीन दिन ” Nepal now and then” नाराका साथ नेपाल सो आयोजना गर्न लागिएको छ।

यस हस्तकला मेलामा नेपाली महावाणिज्य दूतावास तथा National museum of romania peasant को सहकार्य एवं नेपाल युरोपियन चेम्बरको सहयोगमा हुने कार्यक्रममा सहभागी हुन इच्छुक महासंघका सदस्य फर्म र कम्पनीहरूलाई महासंघले यही अक्टोवर १० अर्थात असोज २३ गतेभित्र नेपाल हस्तकला महासंघको थापाथली स्थित सचिवालयमा सम्पर्क गर्न महासंघका उपाध्यक्ष तथा वाणिज्य परिषदका सभापति दिल्ली रत्न तुलाधरले एक विज्ञाप्ति प्रकाशित गरि आग्रह गरेका छन।

मेलामा सहभागी हुन चाहानेहरूलाई एउटा स्टल निशुल्क उपलब्ध हुनेछ। त्यस बाहेक अन्य खर्च जस्तै भिसा सिफारिस शुल्क २०० सय अमेरिकी डलर, फर्म वा कम्पनी दर्ता शुल्क रू।१५० र सेवा शुल्क ९ हजार रूपैयाँ लाग्ने महासंघले जनाएको छ।

युरोपको भिसा भएकाहरूलाई भिसा शुल्क लाग्ने छैन।पुर्ववत युरोपियन भिसा लिई सकेका सदस्यलाई प्राथमिकता प्रदान गरिने महासंघले जनाएको छ। मेलामा सहभागी हुन जानेहरूले आतेजाते हवाइ भाडा, भिसा खर्च,बीमा खर्च,होटल भाडा,खाना र खाजा खर्च सहभागी स्वयमले व्यहोर्नु पर्ने सुचनामा जनाइएको छ।

IME Lifesidebar
kumari