citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

धुम्बाराहीको ह्याम्स अस्पतालमा उपचाररत २ जनामा कोरोना संक्रमण पुुष्टि

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । शुक्रबार थपिएका २७८ जना कोरोना संक्रमित मध्ये २ जना काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालका बिरामी रहेको खुलेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबार काठमाडौंको एक निजी अस्पतालमा उपचाररत २ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् ।

ह्याम्स अस्पतालमा उपचाररत गुल्मीका ७६ वर्षका र कास्कीका ६० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको निकाय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार संक्रमित  एक जना आइसियूमा उपचाररत छन् भने अर्का एक जना आकस्मिक कक्ष उपचाररत रहेका छन् ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या २९१२ पुगेको छ भने ११ जनाको मृत्युु भइसकेको छ ।

gold
himalayan life insurance long ad
kumari bank