evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड स्थापनाको ६२औँ वर्षमा

Prabhu Insurance Long Ad
global bank

काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ६१औं वार्षिकोत्सव भदौ २७ गते भव्य रूपमा सम्पन्न भएको छ । दैनिक उपभोग्य खाद्यवस्तु, रासायनिक मल,कागज लगायतका वस्तुको कारोबार गरिरहेको कर्पोरेसनको स्थापना दिवसको समारोहलाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले कर्पोरेशनले नेपाली जनतालाई सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य वस्तु उपलब्ध गराइरहेको बताएका छन । उनले कर्पोरेशनले आफ्नो मूल्य र मान्यतालाई कायम राखेर उपभोक्तालाई सेवा दिइरहेको पनि समेत बताएका छन।

प्राकृतिक विपद्का अवस्थामा समेत उपभोक्ताको घरदैलोमा उपभोग्य वस्तु उपलब्ध गराउन कर्पोरेशनले खेलेको भूमिका उल्लेखनीय छ,नेपाल सरकार आम जनताले स्वाभाविक मूल्यमा दैनिक उपभोग्य वस्तु प्राप्त गरुन् भन्ने चाहन्छ।

सरकारले आवश्यकता अनुसार गरेको निर्देशन पालनामा कर्पोरेशनले देखाएको सक्रियतालाई सकारात्मक रुपमा लिएको बताएका छन।

कार्यक्रममा विशेष अतिथिको रूपमा बोल्दै उद्योग मन्त्रालयका सचिव निरौलाले २०१८ सालमा स्थापना भएर यस संस्थाले खाद्य वस्तु र कृषि मलको आयात गरि किसान समक्ष पुरयाउन सफल भएकोमा धन्यवाद दिएका थिए।

कार्यक्रममा कृषि सचिव डा. शर्माले विशेष अतिथिका रूपमा बोल्दै संविधानले व्यवस्था गरेको खाद्य सम्प्रभुता कायम गर्न कर्पोरेसनको भुमिका महत्त्वपूर्ण भएको बताउदै अनुदानको ३० प्रतिशत रासायनिक मल कर्पोरेसनले आयात गरि बिक्रीबितरण गरेको बताएका थिए।

साल्ट ट्रेडिङ कर्पोरेशनले खानेतेल पनि बिक्रि गर्छ। गैर अनुदानको मल पनि बिक्री गर्छ। खाद्य व्यापारमा शहर र ग्रामिण तथा दुर्गम क्षेत्रमा गुणस्तरीय खाद्यान्न सहज सेवा दिइरहेको बताउदै नुन आयात र बिक्रीमा पनि सहयोग पुरयाएकोमा कर्पोरेसनलाई धन्यवाद दिन्छु भनेका थिए।

साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष प्रदिपलाल श्रेष्ठले नेपाल सरकारको नीति निर्देशनलाई पूर्ण रुपमा पालना गरी बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन हर प्रयासले आपूर्ति व्यवस्थालाई सहज बनाउँदै आएको बताउदै कर्पोरेशनले सेवा र कार्य क्षेत्र विस्तार गर्दै आम उपभोक्ताको घर दैलोमा सेवा पुर्याउन थप पहल गर्नुपर्ने समेत बताएका थिए।

उक्त समारोहमा लक्ष्मीदास मानन्धर बालहितकारी पुरस्कार २०८० बालबालिकाहरुको संरक्षणमा झापाको विर्तामोडमा रहेको संस्था तारा नमस्ते बालग्रामलाई दिइएको थियो । यो पुरस्कार ताम्रपत्र सहित नगद ७५ हजार रहेको छ।

यस्तै हेम बहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कार २०८० अधिकृत स्तरमा सुनिता कुमारी पन्त गौतम, ननअधिकृतस्तरमा भरत कुमार श्रेष्ठ,स्तरविहिनमा भेष बहादुर श्रेष्ठलाई ३०/३० हजार नगद पुरस्कार दिइएको थियो।

ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कार २०८० अधिकृतस्तरमा राधेश्याम चौचरी,सहायकस्तरमा कौशल किशोर पण्डित र स्तरविहिनमा श्यामकाजी थापालाई प्रति व्याक्ति नगर ३५ हजार र सम्मान पत्र प्रदान गरिएको थियो।

यसैगरि साल्ट ट्रेनिङ अनङ्गमाज शेरचन छात्रवृत्ति २०८० कर्मचारी कृष्ण कुमार शाक्यका छोरा सर्वेश शाक्य,र साल्ट ट्रेडिङ लोकनाथ जोशी छात्रवृत्ति मनोज चौधरीकी छोरी अदिती चौधरीलाई प्रदान गरिएको थियो।

यो छात्रवृत्ति रकम मासिक तीन हजारका दरले दुई वर्षसम्म प्रदान गरिन्छ। यस्तै कार्यक्रममा २०८० सालमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारी ९ जनालाई दिर्घ सेवा सम्मानपत्र प्रदान गरिएको थियो।

यस कार्यक्रमको प्रमुख अतिथि उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, विशेष अतिथि उद्योग सचिव मुकुन्द प्रसाद निरौला, कृषि सचिव डा. गोविन्दप्रसाद शर्मा, अतिथिमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

igi long
himalayan life insurance long ad