citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

जाल्पा सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । आज सोमबार जेठ २२ गते जाल्पा सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने  अन्तिम दिन हो ।

यस संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ जेठ २३ गते बुक क्लोज गर्दैछ । तसर्थ, यस कम्पनीले प्रस्ताव गरेको लाभांश हात पार्न आजै सेयर खरिद गर्नुपर्नेछ ।

गत आर्थिक वर्षको नाफाबाट यस संस्थाले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस संस्थाले असार ४ गते वार्षिक साधारण सभा बोलाएको छ ।

वार्षिक साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह लगायत विवरणहरुमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ ।

यता, अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव रहेको छ । साधारण सभा बिहान ९ बजेएस आर होटल, ड्राइभरटोल रुपन्देहीमा सुरु हुनेछ ।

himalayan life insurance
igi long