stcnepal long ad
global ime bank long

पुस २४ गते महुली लघुवित्तले वार्षिक साधारण सभा डाके

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । महुली लघुवित्तले पुस २४ गते वार्षिक साधारण सभा डाकेको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय अग्नीसाइर कृष्णासवरण ६ महुली सप्तरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभाले कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको २६५ बोनस सेयर पारित गर्ने विशेष प्रस्ताव राखेको छ । यद्दपि, बोनसमा लाग्ने कर तिर्न नगद लाभांश सम्बन्धी कुनै प्रस्ताव छैन । तसर्थ, बोनस सेयरको कर रकम लगानीकर्ता आफैंले जोहो गर्नुपर्नेछ ।

त्यस्तै, सभाले प्रिमियममा एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने एजेन्डा पनि राखेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।

कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ । सभा प्रयोजनका लागि यसले पुस १२ गते एकदिन बुक क्लोज गर्दैछ । तसर्थ, पुस ११ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्नेछन् ।

IME Lifesidebar
kumari