citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

एनआईसी एशिया लघुवित्तको पनि आईपीओ आउँदै

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल बुधबार, ५ चैत्र २०७६

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडलाई ४७ लाख ५५ हजार कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई ४७ करोड ५५ लाख रुपैयाँ बराबरको आईपीओ विक्री गर्न फागुन ४ गते स्वीकृति प्रदान गरेको हो । लघुवित्त क्षेत्रकै सबैभन्दा बढी आईपीओ निष्कासनका लागि यस कम्पनीले बोर्डको स्वीकृति पाएको हो ।

केयर रेटिङ्ग नेपालले यस कम्पनीको आईपीओलाई औषतभन्दा कम आधारको संकेत गर्ने आईपीओ ग्रेड ४ प्लसको रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको आईपीओ विक्री प्रबन्धकको जिम्वेवारी सानिमा क्यापिटलले पुरा गर्नेछ ।

हाल कम्पनीको चुक्ताूपूँजी  १  अर्ब ४५ लाख रुपैयाँ रहेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले  ११ करोड १२ लाख रुपैयाँ भन्दा बढी नाफा गरेको छ । त्यस अवधिसम्म कम्पनीको जगेडा कोषमा २१ करोड ८८ लाख रुपैयाँभन्दा बढी रकम रहेको छ ।

gold
himalayan life insurance long ad
kumari bank