stcnepal long ad
global ime bank long

डिप्रोक्स लघुवित्तद्धारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । बुधबार, १४ फागुन २०७६

भरतपुर, । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालय ईन्द्रचोक, कास्कीमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम साना तथा मझौला ब्यापारी कृषक महिलाहरुलाई विशेष गरी लघुबित्त कर्जा र बचत सम्बन्धि ब्यबसाय दर्ता, ब्यबशाय योजना, कर्जा सदुपयोगिता, वित्तीय ब्यवस्थापन, व्यापार बिस्तार, महिला सचेतना, महिला सशक्तिकरण, लघुबित्तले समाजमा पारेको सकारात्मक भुमिका र बैकिङ सम्बन्धि महत्वपुर्ण जानकारी प्रदान गराउने उदेश्यले भिडियो मार्फत समेत स्पष्ट गरिएको थियो ।

उक्त कर्यक्रममा समुहमा आबद्ध ८५ भन्दा बढि महिला सदस्यहरुको सहभागिता रहेको थियो भने मुख्य कार्यालयको तर्फबाट गण्डकी प्रदेशका अनुगमन अधिकृत अर्जुन प्रसाद पोखरेलको उपस्थिति रहेको थियो र शाखा कार्यालयका शाखा प्रबन्धक राजेन्द्र भुजेल, कर्मचारी गोपि पराजुली, कृष्ण पौडेल, तिलक वली, लोकेन्द्र दाहाल र शिब अधिकारीको उपस्थिति रहेको थियो ।

यस वित्तीय संस्थाले देशै भरी समुहमा आबद्ध सबै क्षेत्र र बर्गका साना तथा मझौला ब्यपारी, कृषकहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने उदेश्यले यस्ता कार्यक्रम गरिएको र आगामि दिनमा पनि यस्ता वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गर्दै जाने जनाएको छ ।

यस कार्यक्रममा आ.व. २०७५/०७६ मा उत्कृष्ट भएका तिन वटा केन्द्र हरुलाई नगद सहित प्रमाणपत्र द्धारा सम्मान गरिएको थियो भने समुहमा आबद्ध सदस्यका छोरारछोरी मध्ये २०७५ सालको एस.ई.ई.मा सबै भन्दा धेरै ग्रेड ल्याउन सफल एक जनालाई नगद सहित प्रमाणपत्र द्धारा सम्मान गरिएको थियो ।

IME Lifesidebar
kumari