stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

स्वावलम्बन लघुवित्तद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

 

आर्थिक सञ्जाल । बुधबार, १४ फागुन २०७६

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय बौनियाँ, कैलालीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत न्यून आय भएका स्थानीय समुदायका छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरेको छ ।

शाखा कार्यालयबाट लम्कीचुहा नगरपालिका स्थित लक्ष्मी आधारभूत विद्यालय, कैलालीमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी उक्त विद्यालयमा अध्ययनरत १ कक्षादेखि ४ कक्षासम्मका ८० जना विद्यार्थीलाई स्कूल व्याग, कापी र कलम वितरण गरिएको हो । कार्यक्रमका प्रमुख आतिथि लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईंले वित्तीय संस्थाले सामुदायिक विद्यालयमा अध्ययनरत न्यून आय भएको वर्गका छात्रछात्रालाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरी शैक्षिक सामग्री वितरण कार्य प्रशंसनीय रहेको बताउनुभयो ।

प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले वित्तीय संस्थाले ग्राहक तथा ग्राहक परिवारको हकहितलाई मध्यनजर राख्दै विभिन्न वित्तीय सेवा लगायत सामुदायिक कृयाकलापमा संलग्न रहि घरदैलोमा लघुवित्त सेवा पु¥याउने बताउनुभयो । ग्राहकको वित्तीय सचेतना कार्यक्रम अन्तरगत संस्थाले देशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम संचालन गर्दै आएको समेत उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा वित्तीय संस्थाको “एक शाखा एक छात्रबृत्ति योजना” अन्तरगत शाखा कार्यालय बौनियाँमा आवद्ध ग्राहक सदस्यका छोरा महेन्द्र हमाललाई २०७५ सालको एसइई परीक्षामा उत्कृष्ट अंक ल्याए वापत प्रमाणपत्र सहित रु.१० हजार नगद छात्रबृत्ति प्रदान गरिएको थियो ।

इलाका कार्यालय धनगढीका प्रबन्धक जनार्दन ढकालको सभापतित्व तथा शाखा प्रबन्धक कृष्ण खनालको संयोजनमा सम्पन्न कार्यक्रममा शाखा कार्यालयको कार्यक्षेत्र अन्तरगतका केन्द्रबाट सदस्य लगायत अभिभावक, विद्यालयका शिक्षक, शिक्षिका, कर्मचारी, विद्यार्थी, प्रहरी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, समाजसेवी, विभिन्न शाखाका कर्मचारी लगायत स्थानीयको सहभागीता रहेको थियो ।

राष्ट्रिय स्तरको कार्यक्षेत्र रहको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले हाल ६१ जिल्लामा रहेका १४० वटा शाखा कार्यालय मार्फत २ लाख ४८ हजार सदस्य तथा परिवारलाई प्रत्यक्ष लघुवित्त सेवा प्रदान गर्दै आएको छ । वित्तीय संस्थाको अधिकृत पूँजी रु.१ अर्ब साथै जारी तथा चुक्ता पूँजी रु.७९ करोड २३ लाख रहेको छ ।

prabhu mahalaxmi
kumari