जीवन विकास लघुवित्तले ह्वात्तै बढायो नाफा
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमास सम्म आइपुग्दा जीवन विकास लघुवित्तले ३४ करोड १४ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
यो अघिल्लो वर्षको भन्दा ५४.१२% ले बढी हो । अघिल्लो वर्ष यस संस्थाले २२ करोड १५ लाख ३० हजार रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी १ वर्षमा ६२ करोड ३३ लाख रुपैयाँले बढेर ९४ करोड ८९ लाख ७९ हजार रुपैयाँपुगेको छ । अघिल्लो वर्ष ३२ करोड ५६ लाख ७२ हजार रुपैयाँ रहेको थियो ।
अघिल्लो वर्ष २३ करोड १ लाख ४४ हजार रुपैयाँ रहेको सञ्चालन नाफा असार मसान्तसम्ममा ४२ करोड ३८ लाख ३४ हजार रुपैयाँ पुगेको छ । चौथो त्रैमाससम्मा यसको १४ करोड रुपैयाँ चुक्ता पुँजी छ । जगेडा कोषमा ५५ करोड १० लाख ४६ हजार रुपैयाँ छ ।
असारसम्ममा ५ अर्ब ६२ करोड ३१ लख ८५ हजार रुपैयाँ निक्षेप संलन गरेर १० अर्ब ६६ करोड २४ लाख २६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।


























