stcnepal long ad
ime life insurance
global ime bank long

नेरुडे मिर्मिरे लघुवित्तको अधिकांश सूचकमा गिरावट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेरुडे मिर्मिरे लघुवित्तको अधिकांश सूचकमा गिरावट देखिएको छ ।  यस  अवधिमा यो लघुवित्त २६ करोड ११ लाख रुपैयाँ नोक्सानमा देखिएको छ । गत वर्ष भने १ करोड ९० लाख नाफा कमाएको थियो ।

यसको इम्पेयरमेन्ट चार्ज २ करोड ५१ लाखबाट बढेर २७ करोड पुगेको छ । यसअवधिमा नेरुडे मिर्मिरेले २६ करोड ५२ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ ।

यसको खराब कर्जा बढेर १६.१४ प्रतिशत पुगेपछि नोक्सान व्यहोरेको देखिन्छ । गत वर्ष भने खराब कर्जा ५.५२ प्रतिशत रहेको थियो ।

यस अवधिमा कम्पनीको निक्षेप संकलन सामान्य बढेको छ भने र कर्जा लगानीमा गिरावट आएको छ । कम्पनीको खुद ब्याज आम्दानी भने ९४.१९ प्रतिशतले बढेको छ ।

यो लघुवित्त प्रतिसेयर ७४.३३ रुपैयाँ नोक्सान (वार्षिक) मा देखिएको छ । यसको प्रतिसेयर नेटवर्थ १६२.९५ रुपैयाँ छ ।

prabhu mahalaxmi
kumari