citizens life insurance long ad

महिला उद्यमीको ‘चेम्बर बजार’ सुरु

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल महिला चेम्बरको आयोजनामा नेपाल चेम्बर अफ कमर्सको जमलस्थित भवनमा शनिबारदेखि ‘चेम्बर बजार’ सञ्चालनमा आएको छ ।

महिला उद्यमी तथा व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण, प्रवर्धन तथा व्यापार विस्तार गर्ने उद्देश्यले सञ्चालित चेम्बर बजारमा खाद्यान्न, लत्ताकपडा, हस्तकलाका सामग्री तथा साल्ट ट्रेडिङ लगायतका स्टल रहेका छन् ।

चेम्बर बजारमा महिला उद्यमी तथा व्यवसायीले उत्पादन गरेका विभिन्न वस्तुका साथै आयात–निर्यातसँग सम्बन्धित सामग्रीको बिक्रीका लागि राखिएको छ ।

सो अवसरमा आयोजित मेला उद्घाटन सत्रमा नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठले महिला उद्यमीका उत्पादनलाई उपभोक्तासम्म पुर्‍याउन चेम्बर बजारले सहयोग गर्ने बताउनुभयो । “महिला उद्यमीका उत्पादनलाई उपभोक्तासम्म पुर्‍याउने हाम्रो प्रयास हो,” श्रेष्ठले भन्नुभयो, “उत्पादनसँगै व्यवसाय विस्तारका लागि पनि सहयोग पुग्नेछ ।”

चेम्बरका पूर्वाधार तथा भूमि सुधार समिति सभापति रोशन भयोद्योले यस्ता मेलालाई बिस्तार गर्न आवश्यक रहेको बताउदै महिला उद्यमीका उत्पादनको प्रवद्र्धनसँगै सर्वसाधारण उपभोक्ताले स्थानीय तथा स्वदेशी उत्पादन सहज रूपमा खरिद गर्न पाउने अवसर सिर्जना हुने उल्लेख गर्नुभयो ।

नेपाल महिला चेम्बरकी सचिव इरा प्रसाईंले चेम्बर बजारलाई व्यापारिक कारोबारमा मात्र सीमित नराखी महिला उद्यमीको आर्थिक सशक्तीकरण, सीप विकास र बजार पहुँच विस्तारको अभियानका रूपमा अघि बढाउने लक्ष्य रहेको बताउनुभयो ।

मेलाकी संयोजक अनिता अमात्य श्रेष्ठले बजारमा उत्पादनको बिक्री तथा प्रवद्र्धनसँगै उद्यमशीलता विकाससम्बन्धी गतिविधिसमेत सञ्चालन गरिने बताईन् । त्यस्तै, नेपाल महिला चेम्बरकी सल्लाहकार निलम ताम्राकारले यस मेलाले महिला उद्याशीलता प्रवर्धनमा टेवा पुने विश्वास व्यक्त गर्नुभयो ।

मेलाको अवसरमा उद्यम गरिरहेका तथा व्यवसाय सुरु गर्न इच्छुक महिलाका लागि सरकारी प्रक्रिया, व्यवसाय सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको आयोजकले जनाएको छ ।

IME Lifesidebar
kumari