citizens life insurance long ad

ग्यासको कालोबजारी गर्ने पसल सञ्चालक पक्राउ

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

भक्तपुर । खाना पकाउने एलपी ग्यासमा कालोबजारी गरेको अभियोगमा भक्तपुर प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोट बारुदखाना चोकस्थित ‘त्वयना किराना पसल’का सञ्चालक ५७ वर्षीय तुलसीराम त्वयनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार सञ्चालक त्वयनाले खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर सात हजारको दरले महँगो मूल्यमा बिक्री वितरण गरिरहेको विशेष जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिएको थियो।

अनुगमन तथा चेकजाँचका क्रममा प्रहरीले तीन थान ग्यास सिलिन्डरसहित पसल सञ्चालक त्वयनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अघि बढाएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपककुमार कार्कीले जानकारी दिनुभयो।

IME Lifesidebar
kumari