बजारमा आज सुन चाँदीको मूल्यमा भारी वृद्धि
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चैत ११ गते सुनको मूल्य तोलामा १४ हजार ६ सय रुपैयाँले बढेको हो ।
यससँगै आज सुनको मूल्य तोलामा २ लाख ८८ हजार ५ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो । यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ४१५ रुपैयाँले बढेको हो ।
यससँगै आज चाँदी तोलामा ४९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ४५ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।






















