stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

‘करेन्ट मार्ट’ को दोस्रो आउटलेट काठमाडौंको कपनमा खुल्यो

ओपनिङको अवसरमा सम्पूर्ण उत्पादनमा १०% विशेष छुट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा ‘हट एण्ड स्पाइसी’ नुडल्स सेगमेन्टमा आफ्नो बलियो पकड जमाउन सफल ‘करेन्ट नुडल्स’ को उत्पादक संस्था यशोदा फुड्सले आफ्नो रिटेल आउटलेट ‘करेन्ट मार्ट’ को काठमाडौं उपत्यकाभित्रको दोस्रो शाखा सञ्चालनमा ल्याएको छ। कम्पनीले आजबाट कपनस्थित (रिलायन्स कलेज नजिक) नयाँ शाखाको औपचारिक सुरुवात गरेको हो।

यसअघि काठमाडौंको बानेश्वरस्थित कात्यानी चोकमा सञ्चालनमा आएको पहिलो आउटलेटको अपार सफलता र ग्राहकहरूको बढ्दो मागलाई मध्यनजर गर्दै कम्पनीले कपनमा यो दोस्रो शाखा विस्तार गरेको हो।

आज यस नयाँ शाखाको उद्घाटनको अवसर पारेर ग्राहकहरुलाई ‘करेन्ट मार्ट’ मा उपलब्ध सम्पूर्ण उत्पादनहरुको खरिदमा १० प्रतिशत विशेष छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
कपनमा अवस्थित यस ‘करेन्ट मार्ट’ को भव्य उद्घाटन यशोदा फुड्सका ग्लोबल एक्जुकेटिभ डाइरेक्टर श्री जी.पी. शाह र डाइरेक्टर  प्रकाश पौडेलले संयुक्त रुपमा रिबन काटेर गर्नुभएको थियो। उद्घाटन समारोहमा कम्पनीका प्रतिनिधिहरु, ग्राहक तथा शुभचिन्तकहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

यस नवनिर्मित ‘करेन्ट मार्ट’ मा उपभोक्ताहरुले यशोदा फुड्सद्वारा उत्पादित सम्पूर्ण रेन्जका उत्पादनहरु एकै छानामुनि प्राप्त गर्न सक्नेछन्। यहाँ करेन्ट ब्रान्डका लोकप्रिय नुडल्स (चाउचाउ), विभिन्न प्रकारका स्न्याक्स, चिज बल्स, स्टिक्स तथा पोटाटो क्र्याकर्स उपलब्ध हुनेछन्। त्यसैगरि, चिया पारखीका लागि करेन्ट गोल्ड मसला र सिटिसी चिया तथा विभिन्न प्रकारका मसला (जिरा पाउडर, धनिया पाउडर, रातो खुर्सानी पाउडर) आदि पनि मार्टमा उपलब्ध रहेका छन्।

उद्घाटनका क्रममा बोल्दै यशोदा फुड्सका ग्लोबल एक्जुकेटिभ डाइरेक्टर श्री जी.पी. शाहज्यूले भन्नुभयो, “बानेश्वर शाखामा उपभोक्ताहरुले ‘करेन्ट मार्ट’ लाई देखाउनुभएको माया र विश्वासले हामीलाई काठमाडौँको अन्य स्थानमा पनि छिट्टै सेवा विस्तार गर्न उत्साहित बनाएको हो।

कपन र यस आसपासका उपभोक्ताहरुले अब आफ्नै टोलबाट हाम्रा ताजा र गुणस्तरीय उत्पादनहरु सहज रूपमा खरिद गर्न सक्नुहुनेछ। साथै आजको १०% छुटको अफरबाट भरपुर फाइदा लिन पनि हामी सम्पूर्ण ग्राहकवर्गमा अनुरोध गर्दछौँ।”

सन् २०१७ मा स्थापित यशोदा फुड्स प्रा. लि. नेपालको एक अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनी हो। गुणस्तर र नवीनताप्रति प्रतिबद्ध यस कम्पनीले छोटो समयमै नेपाली उपभोक्ताको मन जित्न सफल भएको छ।

कम्पनीले ‘करेन्ट’ ब्रान्ड अन्तर्गत विभिन्न प्रकारका पिरो तथा स्वादिष्ट चाउचाउहरु उत्पादन गर्दछ, जुन विशेषगरी युवापुस्तामाझ अत्यधिक लोकप्रिय छ। आफ्ना उत्पादनहरु नेपालभरि र विश्वका २२ भन्दा बढी देशहरुमा निर्यात गर्दै कम्पनीले नेपाली स्वादलाई विश्वमाझ चिनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

prabhu mahalaxmi
kumari