sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

पेट्रोलियम पदार्थको मूल्य घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले बिहीबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर एक रुपियाँ र डिजेल(मट्टितेलमा प्रतिलिटर तीन रुपियाँ घटाएको हो ।

मूल्य समायोजनसँगै पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १५४ रुपियाँ ५० पैसा, दोस्रो वर्गका लागि १५६ रुपियाँ र तेस्रो वर्गका लागि १५७ रुपियाँ कायम भएको छ । यस्तै डिजेल÷मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १३९ रुपियाँ ५० पैसा, दोस्रो वर्गका लागि १४१ रुपियाँ र तेस्रो वर्गका लागि १४२ रुपियाँ तोकिएको निगमले जनाएको छ ।

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्ग तथा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ । निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि उक्त खुद्रा बिक्री मूल्य लागू हुनेछ ।

इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा एक रुपियाँ आठ पैसा र डिजेलमा दुई रुपियाँ ८० पैसा घटेर आएकाले खुद्रा बिक्री मूल्य मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

prabhu bank
nawakantipur long