ललितपुरको कुमारीपाटीमा ‘फुड टेक एक्सपो’ हुँदै

काठमाडौं । ललितपुरको कुमारीपाटीमा ‘फुड टेक एक्स्पो’ हुनेभएको छ । खाद्य तथा पोषण क्षेत्रको समस्त विकासमा सघाउन नेपाल खाद्य प्रविधि विद्यार्थी संघ, क्याफोडेट कलेज (नेफ्टसा क्याफोडेट)ले ‘खाद्य प्रविधि प्रदर्शनी’ गर्न लागेको हो ।
फाल्गुन ५ गते ललितपुरको कुमारीपाटीमा आयोजना हुन लागेको एक्स्पोमा खाद्य तथा पोषण विज्ञानसँग सम्बन्धित प्रदर्शनी स्टल रहने छन् ।
यस प्रदर्शनीमा खाद्य विज्ञान तथा प्रविधि र पोषण सम्बन्धित विभिन्न स्टलहरू रहनेछन् । यस प्रदर्शनीमा क्याफोडेट कलेज मुख्य भुमिका रहेको छ भने सहयोगी संस्थाहरूमा पाठक डेरी, केयर फस्ट फार्मेसी, पिआइसी रहेका छन् ।