evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

सेक्युर्ड सेक्युरिटिजले असोज २० गतेदेखि नयाँ टीएमएस सञ्चालनमा ल्याउने

Prabhu Insurance Long Ad
nawakantipur long
global bank

काठमाडौं । सेक्युर्ड सेक्युरिटिज लिमिटेड (ब्रोकर नंम्बर ३६) ले आइतबार (असोज २० गते) देखि नयाँ टीएमएस सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले सूचना जारी गर्दै यस ब्रोकरबाट कारोबार गरी रहेका लगानीकर्तालाई नयाँ टीएमएसबाट कारोबार गर्न अनुरोध गरेको हो ।

कम्पनीले आइतबारबाट हाल सञ्चालनमा रहेको टीएमएस बन्द हुने जनाएको छ । लगानीकर्ताले आधिकारिक इमेलमा नयाँ टीएमएसको युजरआइ र पासवर्ड प्राप्त गर्नेछन् ।

नयाँ टीएमएस सम्बन्धी तालिम लिन इच्छुक लगानीकर्ताले यस ब्रोकर कार्यलयमा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ । अब अरु ब्रोकरहरुले पनि विस्तारै नयाँ टीएमएस सञ्चालनमा ल्याउनछन् ।

नयाँ टीएमएसमा मल्टी एसेट, मल्टी एक्सचेञ्ज ट्रेड्रिङ प्लेटफर्म रहेको जानकारी दिइएको छ । यसमा सेयर, डिबेन्चर, बन्ड, डेरिभेटिभ्स, करेन्सी लगायत विभिन्न उपकरणहरुको कारोबार एक वा एक भन्दा बढी स्टक वा डेरिभेटिभ्स एक्सचेन्जमा एकैसाथ गर्न सकिने ब्रोकर्स एसोसिएसनको भनाई छ ।

मोबाइल एप्लिकेसन सहितको यो प्रणालीले लगानीकर्तालाई कारोबार गर्न थप सहजता प्रदान गर्ने उनीहरुको भनाई छ ।

अर्थतन्त्र, बजार तथा सूचीकृत कम्पनीको आधारभूत तथा प्राविधिक विश्लेशण गर्न सकिने गरी यस प्रणालीमा तथ्यांकहरु राखिने छन् । लगानीकर्ताले आफ्नो कारोबारको सम्पूर्ण हर–हिसाब तथा आफ्नो पोर्टफोलियो पनि यसै प्रणाली मार्फत हेर्न पाउने व्यवस्था हुन्छ भनिएको छ ।

यसमा स्टप लस, टेक प्रोफिट, हाई फ्रिक्वेन्सी ट्रेडिङ जस्ता आदेश व्यवस्थापन लगायतका विशेषताहरु रहेकाले सेयर कारोबार निकै सहज हुने एसोसिएसनको दाबी छ । नयाँ प्रणालीबाट कारोबार चुस्त, छरितो र पारदर्शी हुने दाबी गरिएको छ ।

himalayan life insurance long ad
igi long