stcnepal long ad
ime life insurance
national life
global ime bank long

कोका–कोला नेपाल र एटेलियर प्लेटफर्मको सहकार्यमा ‘सक्षम’, महिला उद्यमीको सशक्तिकरण गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कोका–कोला नेपाल र एटेलियर प्लेटफर्मको सहकार्यमा ‘सक्षम’ कार्यक्रमको दोस्रो चरण आयोजना हुने भएको छ । ‘सक्षम’ नेपालभरका महिला उद्यमीहरुलाई सशक्तिकरण गर्नका लागि ८ मार्च, २०२२ मा एटेलियर प्लेटफर्म प्रालिको सहकार्यमा कोका–कोला नेपालले सुरु गरेको थियो ।

हालसम्म सक्षमद्वारा २ हजारभन्दा बढी महिलाहरूले सशक्तिकरण तथा उद्यमशीलताको तालिम लिइसकेको कम्पनीले जनाएको छ । ‘सक्षम’ कार्यक्रमबारे कोका–कोला नेपालकी निर्देशक चन्द्रिका कालियाले भनिन्, ‘हामी नेपालमा महिला उद्यमीहरुलाई थप सशक्त बनाउँदै हाम्रो सक्षम कार्यक्रमको दोस्रो चरणको यात्रा जारी राख्न पाउँदा अत्यन्त हर्षित छौं ।’

‘हामी नवप्रवर्तन, दिगोपन र समावेशीतालाई प्रवर्धन गर्ने अवसरहरु सिर्जना गर्नु पर्नेमा विश्वास गर्छौं, सक्षममार्फत हामीले नयाँ उद्यमीहरुलाई सहयोग गर्ने मात्र नभई देशको आर्थिक र सामाजिक विकासमा पनि योगदान पुर्याउने लक्ष्य राखेका छौं’ उनले भनिन्, ‘सक्षम कार्यक्रममा सहभागी महिलाहरूले उनीहरूको समुदायमा पारेका प्रभाव र उद्योगमा ल्याएको परिवर्तन देख्न पाउँदा हामी निकै उत्साहित छौं ।’

२०२४ मा वृहत् समीक्षाद्वारा छनोट गरेपछि मे ३१, २०२४ मा सुरू गरिएको सक्षम कार्यक्रममा विशेषज्ञहरुद्वारा महिला नेतृत्व, कम्पनी वैधता, वित्त पहुँच, र सर्कुलर अर्थतन्त्रजस्ता विभिन्न सत्र सञ्चालन गरिएको थियो ।

दुई महिने कार्यक्रममा लैङ्गिक अधिकार, नेतृत्व, जलवायु परिवर्तन, कानूनी प्रक्रिया, मार्केटिङ, र वित्तलगायतका सत्र समावेश थिए ।

उक्त कार्यक्रममा कृषि, हाइड्रोपोनिक्स, मानसिक स्वास्थ्य, सांस्कृतिक सम्पदा प्रवर्द्धन, प्रविधि र अन्य विषयको प्रतिनिधित्व गर्ने ४० भन्दा बढी महिलाहरुले आवेदन दिएका थिए । आवेदक ४० मध्येबाट १० उत्कृष्ट महिलाहरूलाई कार्यक्रममा समावेश गरिएको छ ।

२०२४ को सक्षम कार्यक्रमका लागि छनौट भएका सहभागीहरूमा अर्चना श्रेष्ठ, इन्दु श्रेष्ठ, लुभिना शाक्य, प्रतिमा बस्याल, रचना पौडेल, रोजी महर्जन, सविना चौधरी, सुस्मिता पौडेल, श्रेया मल्ल, र श्रेया चोच्छे रहेका छन् ।

आफ्ना नवीन विचारहरूलाई प्रभावकारी उद्यममा रुपान्तरण गर्न इच्छुक यी महिलाहरूलाई उक्त कार्यक्रममा विभिन्न श्रोत, साधन तथा विज्ञहरू उपलब्ध गराइने छ । २०२२ मा सुरू भएको सक्षमको कार्यक्रमको मूख्य उद्देश्य महिलाहरूमा उद्यमशीलताको विकास गर्नु रहेको छ ।

यो कार्यक्रमले नेपाली महिलाहरूले सञ्चालन गरेका साना तथा मझौला उद्योगहरूको क्षमता विकास गर्ने काम गरिरहेको छ । २०२३ सम्ममा यो कार्यक्रमले वृहत सञ्जालको विकास गर्दै २ हजार भन्दा बढी महिलाहरूको क्षमता विकासमा काम गरेको छ ।

यस वर्ष सक्षम कार्यक्रमको तेश्रो सशक्तिकरर्णलाई नेपालभर जारी राख्दै थप १ हजार महिलाहरूलाई कोका–कोलाको सञ्जालमा जोड्ने तयारी भइरहेको बताइएको छ ।

कोका–कोलाले बोटलर्स नेपाल लिमिटेडसँगको सहकार्यमा महिला खुद्रा बिक्रेता र साना रेस्टुरेन्ट व्यवासयहरूलाई वित्तीय साक्षरता, आतिथ्यता र सरसफाइ व्यवस्थापनसम्बन्धी तालिममार्फत सहयोग गर्ने कार्य पनि जारी राखेको कम्पनीले जनाएको छ ।

IME Lifesidebar
kumari