stcnepal long ad
global ime bank long

उजय शाक्य ECI INNOVATIVE MARKETER OF THE YEAR 2023 IN WUXI, CHINA द्वारा सम्मानित 

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । उजय शाक्य प्रतिष्ठित ECI INNOVATIVE MARKETER OF THE YEAR 2023 बाट सम्मानित हुनु भएको छ । यो अवार्ड ७ डिसेम्बर, २०२३ मा ECI फेष्टिभलले आयोजना गरेको गाला इभेण्टमा प्रदानगरिएको थियो ।

चीनको WUXI मा सम्पन्न उक्त कार्यक्रममा दक्षिण एशियाको एक अभियन्ताको रुपमाआफ्नो परिचय बनाइ सक्नु भएको उजय शाक्यलाई यस क्षेत्रमा विज्ञापन र बजारीकरणको लागि वहाँले पु¥याउनु भएको उल्लेखनीय योगदानको कदरगर्दै सम्मान गरिएको हो ।

वहाँले ECI फेष्टिभलमा आफ्नो धारणा राख्दै डेटाद्वारा संचालित संसारमा मानवीय भावनाको दिगो महत्वमाथि विशेष प्रकाश पार्नु भएको थियो । कार्यपद्धतिहरुको प्रभाव बढ्दै गएको संसारमा, डेटाद्वारा संचालित वृतान्तहरुको प्रतिध्वनिमा शाक्यको जोड विश्वव्यापी प्रभाव सिर्जना गर्ने उद्देश्य र मुल्यमान्यताहरुमा रहेको छ ।

शाक्यलाई प्रदान गरिएको ECI INNOVATIVE MARKETER OF THE YEAR 2023 सम्मानले विज्ञापन र बजारीकरणको परिद्दृश्यमा सकारात्मक परिवर्तन ल्याउने एक अभियन्ताको रुपमावहाँको स्थानकायमगरिदिएको छ ।

ECI फेष्टिभलमा विश्वका १३ राष्ट्रहरुको प्रतिनिधिहरु भेला भएर “Global Sustainable Innovation and Civilization Development Initiative” विषयमाथि छलफल गरेका थिए ।

यो पहलको उद्देश्य सभ्यताको भविष्यको सशक्तिकरणमा डिजिटलाइजेसनको प्रयोग गरेर दिगो विकास वातावरण प्रणालीको निर्माण गर्नु रहेको थियो ।

WUXI राष्ट्रिय हाइटेक औद्योगीक विकास क्षेत्र व्यवस्थापन कमिटी र IECIA (International Entrepreneurs, Creative & Innovators Association) द्वारा संयुक्त रुपमा आयोजना गरिएको उक्त ECI फेष्टिभल विश्वभरका नवप्रवर्तकहरुलाई एकै स्थानमा जमघट गराउनको लागि प्रख्यात छ ।

ECI फेष्टिभलले आफ्नो प्रभाव र पहुँचलाई विस्तार गर्दै भिन्नभिन्न शहरहरुमा यस प्रकारको भेला आयोजना गर्ने आफ्नो परम्परालाई निरन्तरता दिंदै आइरहेको छ ।

 

IME Lifesidebar
kumari