citizens life insurance long ad

नेपालमै गुणस्तरीय शिक्षा रोकेर वार्षिक डेढ खर्ब विदेश पठाउने खेल बन्द होस्ः आइप्यान

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रमबारे तथ्य र प्रमाणका आधारमा बहस गर्न इन्टरनेशनल एजुकेशन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान) आग्रह गरेको छ ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आइप्यानका अध्यक्ष लक्ष्मण केसीले मन्त्रालयको स्वीकृतिमा सञ्चालित संस्थाहरु कानुनी आधार बिना बन्द हुन सक्ने दाबी गलत भएको बताउँदै गुणस्तर र वैधानिकताको मूल्याङ्कन प्रचलित कानुन र बजारको स्वीकार्यता अनुसार हुनुपर्नेमा जोड दिए ।

हाल नेपालमा सात देशका ३५ विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त ५८ संस्थामा ३७ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । यस क्षेत्रमा २५ अर्ब रुपैयाँ लगानी हुनुका साथै करिब २० हजार प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना भएको आइप्यानको दाबी छ ।

स्वदेशमै अन्तर्राष्ट्रियस्तरको शिक्षा उपलब्ध हुँदा अध्ययन खर्च १५ गुनासम्म कम हुने र वार्षिक ५० देखि ६० अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिनबाट जोगिने अध्यक्ष केसीले बताए ।

नेपालमा एआई, साइबर सुरक्षा, बिग डेटा र मल्टिमिडिया जस्ता आधुनिक विषयको अध्यापन सुरु गरेर आईटी तथा प्राविधिक शिक्षामा यी कलेजहरूले ट्रेन्डसेटरको भूमिका खेलेको आइप्यानको भनाइ छ । युवा विद्यार्थीको वैदेशिक पलायन रोक्न स्वदेशमै गुणस्तरीय उच्च शिक्षा, रोजगारी र उद्यमशीलताको वातावरण बनाउनुपर्ने बताएको छ ।

आइप्यानले नेपाललाई भविष्यमा विदेशी विद्यार्थीका लागि अध्ययन गन्तव्यका रुपमा विकास गर्न स्पष्ट भिसा नीति र पारदर्शी नियमनका लागि सरकारसँग मागसमेत गरेको छ ।

IME Lifesidebar
kumari