citizens life insurance long ad

निभिक्स फर्मास्यूटिकल्सले ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । निभिक्स फर्मास्यूटिकल्स लिमिटेडले ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ। कम्पनीले विशेष साधारण सभा मार्फत हकप्रद शेयर निष्काशनसँगै अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने प्रस्ताव अघि सारेको हो।

कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार असोज २६ गते पोखराको बुलौदीस्थित पोखरा ईभेन्ट सेन्टरमा विशेष साधारण सभा बोलाइएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ।

साधारण सभामा कम्पनीको हालको अधिकृत तथा जारी पुँजी ५५ करोड रुपैयाँबाट बढाएर ७२ करोड १८ लाख ७५ हजार रुपैयाँ पुर्‍याउने प्रस्तावमाथि छलफल हुनेछ। यसका लागि कम्पनीको प्रबन्धपत्रका सम्बन्धित दफा संशोधन गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ।

त्यस्तै ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने र त्यसका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ। हकप्रद शेयर निष्काशनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने विषयमा पनि साधारण सभाले निर्णय गर्नेछ।

कम्पनीले पुँजी संरचनामा परिवर्तन गर्दै संस्थापक शेयरधनी समूहको स्वामित्व ७५ प्रतिशतबाट बढाएर ८० प्रतिशत कायम गर्ने प्रस्ताव गरेको छ। यससँगै सर्वसाधारणका लागि छुट्याइएको २५ प्रतिशत शेयरलाई संशोधन गरी परिवर्तित पुँजी संरचना अनुसार कायम जारी पुँजीको २० प्रतिशत बराबर शेयर प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मार्फत जारी गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।

यी प्रस्ताव कार्यान्वयनका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सञ्चालक समितिलाई आवश्यक प्रक्रिया अघि बढाउने अख्तियारी दिने प्रस्ताव पनि साधारण सभाको कार्यसूचीमा छ।

IME Lifesidebar
kumari