citizens life insurance long ad

नेशनल मेडिकल कलेजका आन्दोलित आवासीय चिकित्सकले तत्काल कलेज र होस्टल खाली गर्नु नपर्ने

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

वीरगञ्ज । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले स्नातकोत्तर (पीजी) प्रथम वर्षमा अध्ययनरत केही आवासीय चिकित्सकले कलेजका शिक्षक, कर्मचारी र कलेजकै मानमर्दन हुने गरी गरेका गतिविधि उपर कारवाही गर्दै उनीहरुलाई कलेज परिसर र छात्रावास खाली गर्न भनेकोमा प्रतिकूल मौसमका कारण उक्त निर्णय स्थगत गरेको छ ।

कलेजले एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय पर्साद्वारा जारी गरिएको प्रतिकल मौसम, भारी वर्षा तथा बाढी जोखिम सम्बन्धी सतर्कता सूचनालाई मध्य नजर गर्दै सम्बन्धीत आवासिय चिकित्सकहरुको सुरक्षाका लागि यसअघि तोकिएको १२ घन्टाको समयसीमा हाललाई स्थगित गरिएको जनाएको छ । कलेजले अवस्था सामान्य भएपछि कलेज परिसर र छात्रावास खाली गर्ने नयाँ समयसीमा जारी गर्ने कलेज प्रशासनले जनाएको छ ।

कलेजमा पीजी प्रथम वर्षमा अध्ययनरत केही आवासिय चिकित्सकहरुले कलेजको शैक्षिक गतिविधि, क्लिनिकल प्रशिक्षण तथा स्वास्थ्य सेवा प्रभावित हुने गरी हुने विभिन्न गतिविधि गर्दै आइरहेका छन् ।

सीमित विद्यार्थीबाट कलेज प्रशासन, शिक्षक तथा फ्याकल्टीविरुद्ध विभिन्न माध्यमबाट ‘एकतर्फी तथा भ्रामक प्रचारप्रसार’ भइरहेको छ । अन्य पीजी विद्यार्थीहरू नियमित रूपमा शैक्षिक तथा क्लिनिकल गतिविधिमा संलग्न रहेको उल्लेख गर्दै कलेजले केही विद्यार्थीको गतिविधिका कारण समग्र शैक्षिक वातावरण र स्वास्थ्य सेवा प्रभावित हुन नहुने जनाएको छ ।

कलेजले सम्बन्धित विद्यार्थीका गतिविधिबारे यसअघि नै सम्बन्धित निकायलाई जानकारी गराउँदै आएको र सुधारका लागि पर्याप्त अवसर प्रदान गरिएको दाबी गरेको छ ।

पटक–पटक सचेत गराउँदा पनि शैक्षिक वातावरणमा असर पर्ने गतिविधि जारी रहेपछि आवश्यक कानुनी तथा संस्थागत प्रक्रिया अघि बढाउनु परेको प्रशासनको भनाइ छ ।

IME Lifesidebar
kumari