stcnepal long ad
global ime bank long

डेभकोले ७७.७७ लाखमै साढे दुईतले आधुनिक घर बनाइदिने

दशैंअघि एग्रिमेन्ट गर्ने ग्राहकलाई रु. ३ लाखसम्मको मोड्युलर किचन निःशुल्क

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । आफूसँग जग्गा भएका तर ठूलो बजेट नभएका तथा आफैं खटिएर घर बनाउन गाह्रो मान्ने परिवारलाई लक्ष्य गरेर डेभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रा.लि.ले कम बजेटमै आधुनिक तथा सुविधासम्पन्न घर निर्माण गरिदिने योजना सार्वजनिक गरेको छ ।

कम्पनीले ग्राहकसँग भएको साढे तीन आना (३.५ आना) जग्गामा साढे दुई तले (२.५ तले) आधुनिक घर सम्पूर्ण निर्माण सामग्रीसहित रू. ७७.७७ लाख बजेटमै बनाइदिने योजना अघि सारेको हो । निर्माण लागत बढिरहेको बेला गुणस्तरीय सामान प्रयोग गरेर घर बनाउने योजनामा रहेका परिवारलाई  आर्थिक  रूपमा सहज  बनाउने उद्देश्यले उक्त योजना ल्याइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार प्रस्तावित घरमा भुइँतलामा १ बीएचके, पहिलो तलामा २ बीएचके र दोस्रो तलामा २ शयनकक्ष रहनेछन् । कम्पनीले उपलब्ध जग्गाको अधिकतम सदुपयोग गर्दै परिवारको आवश्यकता, सुविधा र आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर घरको डिजाइन तथा संरचना तयार गर्ने बताएको छ ।

वास्तु अनुसारको डिजाइन
डेभकोको यो आवास योजनाको अर्को विशेषता वास्तु विशेषज्ञको परामर्शअनुसार घरको विभिन्न संरचना तथा कोठाहरूको उपयुक्त स्थान निर्धारण गर्नु हो ।

जग्गाको अवस्था, दिशागत अवस्था, परिवारको आवश्यकता तथा घरको प्रयोगलाई ध्यानमा राख्दै बेडरुम, किचन, शौचालय, बैठक कोठा, पूजाकोठा, सिँढी तथा अन्य आवश्यक स्थानहरू कहाँ र कसरी राख्ने भन्ने विषयमा वास्तु विशेषज्ञको परामर्श लिइने कम्पनीले जनाएको छ ।

यसले घरलाई आधुनिक डिजाइन र व्यावहारिक प्रयोगसँगै वास्तु पक्षलाई समेत ध्यानमा राखेर निर्माण गर्न सहयोग पुग्छ । वास्तुसम्बन्धी सुझावलाई ग्राहकको आवश्यकताअनुसार डिजाइन प्रक्रियामा समायोजन गर्ने कम्पनीको भनाइ छ ।

डिजाइनदेखि पूर्ण फिनिसिङसम्मको सेवा
डेभकोको योजनामा घरको डिजाइन, निर्माण तथा फिनिसिङका सम्पूर्ण काम समेटिएका छन् । ग्राहकले घर निर्माणका लागि विभिन्न सेवा प्रदायक खोज्दै हिँड्नुपर्ने झन्झट कम गर्दै एउटै कम्पनीमार्फत आवश्यक निर्माण सेवा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ग्राहकको जग्गाको अवस्था, पारिवारिक आवश्यकता तथा उपलब्ध बजेटलाई प्राथमिकतामा राखेर डिजाइन र निर्माण प्रक्रिया अघि बढाइनेछ । वास्तु परामर्श, संरचनात्मक आवश्यकता र आधुनिक आवासीय डिजाइनलाई समेट्दै घरको योजना तयार गरिनेछ ।

दशैंअघि एग्रिमेन्ट गर्ने ग्राहकलाई रु. ३ लाखसम्मको मोड्युलर किचन निःशुल्क
यस योजनाअन्तर्गत दशैंअघि घर निर्माणको एग्रिमेन्ट गर्ने ग्राहकलाई रु. ३ लाख रुपैयाँसम्मको मोड्युलर किचन निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

आधुनिक भान्सासहित पूर्ण फिनिसिङ भएको घर निर्माण गर्ने उद्देश्यले ग्राहकलक्षित विशेष दशैं अफर ल्याइएको हो । यो अफरले घर निर्माणको लागत व्यवस्थापनमा ग्राहकलाई थप सुविधा पुग्ने कम्पनीको विश्वास छ ।

डेभको इन्जिनियरिङका अनुसार गुणस्तरीय निर्माण, व्यवस्थित डिजाइन, वास्तु परामर्श र लागतको उचित व्यवस्थापनमार्फत ग्राहकलाई दीर्घकालीन रूपमा उपयोगी, आरामदायी तथा व्यवस्थित आवास उपलब्ध गराउने कम्पनीको लक्ष्य रहेको छ ।

कम्पनीले यो योजना विशेष गरी सीमित बजेटमा आफ्नै जग्गामा आधुनिक तथा सुविधासम्पन्न घर निर्माण गर्न चाहने मध्यम वर्गीय नेपाली परिवारलाई उपयुक्त हुने जनाएको छ । घर निर्माण गर्न इच्छुक ग्राहकले आफ्नो जग्गाको विवरणसहित कम्पनीमा सम्पर्क गरी डिजाइन, वास्तु परामर्श, लागत तथा निर्माण प्रक्रियाबारे आवश्यक जानकारी लिन सक्नेछन् ।

डेभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रालि इन्जिनियरिङ, वास्तु तथा आवासीय घर डिजाइन, संरचनात्मक डिजाइन, निर्माण तथा फिनिसिङसम्बन्धी सेवा प्रदान गर्दै आएको कम्पनी हो । कम्पनीले ग्राहकको आवश्यकता र बजेटअनुसार आधुनिक, व्यवस्थित तथा व्यावहारिक आवास निर्माणमा सहजीकरण गर्दै आएको जनाएको छ ।

IME Lifesidebar
kumari