stcnepal long ad
global ime bank long

बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्ष सुरेन्द्र बज्राचार्यले पदभार सम्हाले

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल सरकार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले श्री बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्ष र कार्यकारी निर्देशकमा नयाँ नियुक्ति गरेका अध्यक्ष सुरेन्द्र बज्राचार्य र कार्यकारी निर्देशक आचार्य नोर्बु शेर्पाले आज भदौ १५ गतेदेखि पदभार ग्रहण गरि जिम्मेवारी सम्हालेका छन।

मन्त्रालयले केही दिन अघि समितिको अध्यक्षमा सुरेन्द्र बज्राचार्य तथा कार्यकारी निर्देशकमा आचार्य नोर्बु शेर्पा नियुक्ती गरेको थियो।

तर विवादको कारण पदभार भएको थिएन। दुई महिना अघि अध्यक्षमा नियुक्त भएका सम्पुर्ण कुमार लामा विवादमा परेकाले उनलाई संस्कृति,पर्यटन र नागरिक उड्डयन मन्त्रालयले नियुक्ति पत्र दिएको थिएन।

नवनियुक्त अध्यक्ष बज्राचार्य र कार्यकारी निर्देशक शेर्पाले आज आफ्नो पदभार ग्रहण गरि समितिको काम थालनी गरेका छन्।

नयाँ नेतृत्वले बौद्धनाथ क्षेत्रको संरक्षण, विकास, व्यवस्थापन तथा बौद्वनाथ क्षेत्र वरपरका गुम्बा,धार्मिक–सांस्कृतिक र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

IME Lifesidebar
kumari