citizens life insurance long ad
stcnepal long ad

विपद्को कठिन घडीमा हिमालयन लाइफका कर्मचारीको मानवीय पहल

रसुवा बाढीपहिरो पीडितका लागि करिब ८ लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्समा कार्यरत कर्मचारीहरूले रसुवा जिल्लामा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि करिब ८ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेका छन्।

विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले कर्मचारीहरूबाट स्वेच्छिक रूपमा संकलन गरिएको खाद्यान्न तथा लत्ताकपडा नुवाकोटमा रहेको नेपाली सेनालाई हस्तान्तरण गरिएको हो। उक्त राहत सामग्री नेपाली सेनामार्फत रसुवाका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा पुर्‍याइनेछ।

बाढी तथा पहिरोका कारण प्रभावित नागरिकको दैनिकी कष्टकर बनेको अवस्थामा उनीहरूलाई तत्काल सहयोग पु¥याउने उद्देश्यले हिमालयन लाइफका कर्मचारीहरूले आफ्नै पहलमा राहत सामग्री संकलन गरेका हुन्।

विपद्को समयमा पीडित परिवारको साथमा उभिने मानवीय भावना र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै कर्मचारीहरूले उक्त सहयोग गरेका हुन्।

कर्मचारीहरूबाट संकलित राहत सामग्रीमा खाद्यान्न तथा आवश्यक लत्ताकपडा समावेश गरिएको छ। नेपाली सेनामार्फत प्रभावित क्षेत्रमा राहत सामग्री पु¥याइने भएकाले वास्तविक रूपमा प्रभावित परिवारसम्म सहयोग पुग्ने विश्वास गरिएको छ।

हिमालयन लाइफका कर्मचारीहरूले विपद्को समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आवश्यक सहयोग र सहकार्यलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र सहकार्यको भावनासहित गरिएको यस सहयोगले बाढी तथा  पहिरोबाट  प्रभावित  रसुवाका परिवारलाई कठिन परिस्थितिमा केही राहत पुग्ने अपेक्षा गरिएको छ।

IME Life
kumari